STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप २०२० : इटली र डेनमार्क क्वाटरफाइनल प्रवेश

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ १३, आइतबार

अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । इटलीले अतिरिक्त समयमा दुई गोल गर्‍यो । खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।
१०५औं मिनेटमा माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।

११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा एक हजार १४२ मिनेटसम्म गोल नखाएको इटलीको कीर्तिमानसमेत भङ्ग भएको छ । इटलीका गोलकिपर डिनो जोफले सन् १९७२ देखि १९७४ सम्म १ हजार १४२ मिनेटसम्म गोल बेहोरेका थिएनन् ।

वेल्सविरुद्ध  डेनमार्कको सानदार जित

नकआउट चरणको पहिलो खेल डेनमार्क र वेल्सबीच भएको थियो । जसमा डेनमार्कले सानदार जित निकाल्न सफल भएको छ ।

वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलमा पराजित भोगेको वेल्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

युरोकप २०२० : वेल्सविरुद्ध सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुग्यो डेनमार्क

खेलको २७ औँ मिनेटमा कस्पेर डोल्बेर्गले पहिलो गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । डोल्बेर्गले नै ४८ औँ मिनेटमा डेनमार्कको लागि दोस्रो गोल गरे ।

खेलको अन्तिम ५ मिनेटमा डेनमार्कले दुई गोल थप्यो । ८८ औँ मिनेटमा जोकिम मिहीले डेनमार्कमा लागि तेस्रो गोल गरे भने अतिरिक्त समयमा मार्टिन ब्रेथवेटले चौथो गोल गरेका थिए ।

ग्रारेथ बेलको कप्तानीमा मैदान उत्रिएको वेल्सले पनि राम्रो प्रदर्शन गरेको थियो । धेरै पटक प्रहारको मौका बनाए पनि वेल्सले टार्गेटमा भने प्रहार गर्न सकेन ।

खेलको ९० औँ मिनेटमा वेल्सका खेलाडी ह्यारी विल्सनले रेडकार्ड पाएर मैदान बाहिरिनु परेको थियो । ह्यारीले मिहीलाई पछाडिबाट ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रेडकार्ड दिएका थिए ।

जितसँगै क्वाटरफाइनलमा स्थान बनाएको डेर्नमार्कले सेमीफाइनलमा प्रवेश गर्नको लागि नेदरल्यान्ड वा चेक रिपब्लिकमाध्ये विजयी टिमको सामना गर्नुपर्ने छ ।

Categorized in खेलकुद