STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युरोकप : आजबाट क्वाटरफाइनल खेल, आज स्पेन र स्विजरल्यान्ड भिड्दै

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १८, शुक्रबार

जारी १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ ।

क्वाटरफाइनल अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा स्विजरल्याण्ड र स्पेन भिड्दै छन् । रसियाको गाजप्रोम एरेनामा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् ।

स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्विजरल्याण्ड उत्कृष्ट लयमा रहेको छ ।

यता, स्पेनले पनि नक आउट चरणमा क्रोएसियामाथि रोमान्चक जित हात पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । स्पेनले क्रोएसियालाई ५–३ गोल अन्तरले हराएको थियो ।

युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म २२ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन १६ पटक विजयी भएको थियो भने स्विजरल्याण्ड १ पटक विजयी भएको थियो । ५ खेल बराबरीमा रोकिएको थियो ।

Categorized in खेलकुद