STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युट्युबमा ‘सुनकेसरी’, दर्शकले कथा नै बुझेनन्

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १४, बुधबार

प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो । करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले केक समेत काटिन् । तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्नसमा ठूलो गिरावट आएको थियो । यस वर्षको फ्लप फिल्मको लिस्टमा आफ्नो उपस्थिति जनाएको उक्त फिल्म रिलिजको ६ महिनामै युट्युबमा आएको छ । चार दिन अगाडि युट्युब रिलिज भएको ‘सुनकेसरी’ यो समाचार तयार पार्दासम्म २ लाख १३ हजारले हेरिसकेका छन् । अन्य फिल्मको तुलनामा उक्त फिल्म हेर्ने दर्शक निकै कम हुन् । प्रायः नेपाली फिल्म हलमा फ्लप भएपनि युट्युबमा सुपरहिट हुन्छन् । तर, ‘सुनकेसरी’ ले युट्युबमा समेत राम्रो दर्शक कमाउन सकेको छैन । कमेन्ट पनि खासै सुन्न लायक छैन । अधिकांशले कथा नै नबुझेको प्रतिक्रिया दिएका छन् । ऋचा र रबिन्द्र झाको अभिनयको प्रशंसा गर्ने धेरै छन् । साढे दुई हजारले लाइक्स गरेको फिल्ममा ४ सय ५० बढीले कमेन्ट गरेका छन् । केहीले दोस्रो भागको प्रतिक्षा गरेको लेखेका छन् भने कथामा मिहिनेत नपुगेको लेख्नेहरु पनि प्रसस्त छन् । पिक्चर क्वालिटी, ब्याकग्राउण्ड स्कोर, छायांकन पक्षको मुक्तकण्ठले प्रशंसा गर्ने पनि छन् । फिल्मलाई युट्युबमा सुझाब र प्रश्नवाचन कमेन्ट बढी प्राप्त छ । निर्मात्री ऋचाले फिल्म रिलिजको अघिल्लो दिन दोस्रो पार्ट पनि निर्माण गर्ने घोषणा गरेकी थिइन् । फिल्म बक्सअफिसमा असफल भएपछि उनको बोली गफैमा सीमित हुने सम्भावना देखिएको छ । ‘सुनकेसरी’ का निर्देशक अर्पण थापा हुन् । सिक्वेल पनि उनले नै निर्देशन गर्ने उद्घोष गरिएको थियो । साभारः फिल्मीखवर
Categorized in सिनेमा