STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो, इटली नकआउट चरणमा

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ ३, बिहिबार

बिहीबार भएको पहिलो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएको छ । खेलको पूर्ण समयमा युक्रेनले २-१ को जित बनाएको हो ।

खेलको २९ औं मिनेटमा एन्ड्रिय एर्मोलेन्कोले पहिलो गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । रोमन एरेम्चुकले ३४औँ मिनेटमा युक्रेनका लागि दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफको ५७औँ मिनेटमा नर्स म्यासेडोनियाले पेनाल्टीको अवसर पाएको थियो । एग्जन अलिओस्कीले हानेको पेनाल्टीलाई किप्परले छेक्न खोजेका थिए । तर, किप्परबाट फुत्किएको बललाई अलिओस्कीले नै गोल गर्न सफल भएका थिए ।

८४औँ मिनेटमा नर्थ म्यासेडोनियाका खेलाडीले डिबक्सभित्र हेन्ड गर्दा युक्रेनले पेनाल्टीको मौका पाएको थियो । तर, उक्त अवसरलाई युक्रेनका खेलाडीले गोलमा परिणत गर्न सकेनन् । अन्तत: खेल २-१ मा सकियो ।

समूह चरणको पहिलो खेलमा युक्रेन नेदरल्याण्डसँग ३-२ को अन्तरले पराजित भएको थियो । नेदरल्याण्डविरुद्धको खेलमा पनि एर्मोलेन्को र एरेम्चुकले नै १-१ गोल गरेका थिए ।

दोस्रो खेलमा जित नकालेसँगै युक्रेनले ३ अंक पाएको छ । युक्रेन समूह ‘सी’को तेस्रो स्थानमा छ । यसअघि अस्ट्रियासँग हारेको नर्थ म्यासेडोनिया भने शून्य अंकसहित समूहको अन्तिम स्थानमा छ ।

इटली युरो कपको नकआउट चरणमा

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।

जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।

Categorized in खेलकुद