STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

याँ शक्तिको सङ्घीय बैठक भोलिदेखि

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १३, मंगलबार

नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक भोलिदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय