STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २१, शुक्रबार

एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन्।

उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यवसासयिक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्।

उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोर्म्यान्डी फ्रान्समा बाल्यकाल बिताएको र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताइन्।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ।

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए।

Categorized in साहित्य-कला