STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यशोधरवर्ण महाविहार बुबहालमा दशैं मोहनी मेला

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १३, सोमबार

राज्यका तीनै तहका जनप्रतिनिधिहरुले ललितपुरका ऐतिहासिक बौद्ध विहारहरु बहाः,बही लाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । बुबहाल युवा समूहले ललितपुर महानगरपालिका– १६ को विशेष सहयोगमा यशोधरवर्ण महाविहार बुबहालमा आयोजना गरेको दशैं मोहनी मेला –२०७६ शुभारम्भ गर्दै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् । मेलाको उद्घाटन गर्नुहुँदै ललितपुर क्षेत्र नं– २ का संघीय सांसद् कृष्णलाल महर्जनले बौद्ध विहारहरुको संरक्षण गरी पर्यटकहरुको निम्ति आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश नं ३ का सांसद् शोभा शाक्यले जिल्लाका लिच्छिविकालीन र मल्लकालीन बौद्ध विहारहरु बुद्ध दर्शन, संस्कृति, संस्कारको मुख्य केन्द्र रहेको उल्लेख गर्दै यसलाई पर्यटकीय ‘रुट’ मा पार्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । नजिकिँदै गरेको भिजिट नेपाल सन् २०२० मा नेपाल भित्र्निे पर्यटकहरु बसाईलाई फलदायी बनाउन बौद्ध विहार घुमाउने, त्यहाँको जीवन्त संस्कृति बारे जानकारी दिने गरी विशेष ‘प्याकेज’ ल्याउन सकिने पनि उहाँको विचार रहेको छ । सोही अवसरमा प्रदेश नं ३ का सांसद् ज्ञानेन्द्र शाक्यले ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गर्नुपर्ने धारणा राख्नुभयो । यसका लागि राज्यका तीनै तह मिलेर अघि बढ्नुपर्ने सांंसद् शाक्यको जोड रहेको छ । समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाभित्र संस्कृति, सम्पदा, बौद्ध विहारहरु थुप्रै रहेकोलाई मध्यनजर गर्दै वडाले संस्कृति, सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीय महिलाहरुको उद्यमशीलता विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको समूहका अध्यक्ष बाबुराजा बज्राचार्यले बताउनुभयो । पाँच दिनसम्म चल्ने सो मेलाको सहआयोजकको रुपमा यशोधर बचत तथा ऋण सहकारी संस्था ।लि र संरक्षकमा यशोधर महाविहार सुधार समिति रहेको छ ।
Categorized in सिनेमा