STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यल कप बाएडमिन्टनमा नागबहालको अग्रता कायम

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १४, बिहिबार

ललितपुर जिल्ला को मंगल टोल सुधार समितिको आयोजनामा मंगलबजार स्थित आदर्श कन्या निकेतन स्कुलको परिसरमा कार्तिक २ देखि ९ गते सम्म सो प्रतियोगिता भएको यस वर्षको ११ औं यल कप ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा शिल्ड प्रदान गरियो छ । सो प्रतियोगिताको अन्तिम दिन गत शनिबार प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले विजयीहरुलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभयो । २ वटा कोर्टमा चार इभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको सो प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको ‘युथ’ १५ सिंगल खेलमा नागबहाल टोलका खेलाडीहरु विजयी भएका छन् । प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा यो वर्ष नागबहालको अग्रता कायम रह्यो । यु १५ सिंगलमा नागबहालकै खेलाडीहरु सहज शाक्य प्रथम, श्रवण शाक्य द्वितीय, सुजल शाक्य र पुजन शाक्य तृतीय हुनुभएको छ । पुरुष मेन्स डबल्समा नागबहालका सनिल शाक्य र सुमन शाक्य प्रथम, नागबहालकै सुमित शाक्य र ससिन डंगोल द्वितीय हुनुभएको छ । त्यसैगरी तृतीय हुनेहरुमा नागबहालकै विपिन शाक्य र सुसन शाक्य र दथुंलंका राजु बज्राचार्य र सुमित डंगोल तृतीय रहनुभएको छ । भेट्रान्स मेन्स डबल्समा मंगल टोलका वीरेन्द्रलाल श्रेष्ठ र किशोर ब्यञ्जकार प्रथम, नागबहालका सुदिम शाक्य र प्रवीण शाक्य द्वितीय, तृतीय हुनेहरुमा प्रयागपोखरीका सुरेश बाराही र पूर्ण चित्रकार, नागबहालका सुमन शाक्य र सुनिल शाक्य रहनुभएको छ । त्यसैगरी मिक्स डबलमा प्रथम हुनुहुनेमा नागबहालका सुमन शाक्य र रश्मि शाक्य रहनुभएको छ । त्यस्तै द्वितीय हुनुहुनेमा नागबहालका सनिल शाक्य र लसता शाक्य, तृतीय हुनुहुनेमा नागबहालकै ससिन डंगोल र रुचि बज्रचार्य र दथुंलका राजु बज्राचार्य र यास्ना डंगोल रहनुभएको छ । प्रतियोगितामा सम्पूर्ण खेलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारको व्यवस्था गरिएको थियो । १५ वर्ष मुनिका केटाहरुको सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार रुपैयाँ, दोस्रो हुने ४ हजार रुपैयाँ र तेस्रो हुने २ हजार रुपैयाँ, मिक्स डबलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ, मेन्स डबलमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र भेट्रान्स युगलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिएको छ । पुुरस्कारको कूल नगद राशि २ लाख १५ हजार रुपैयाँ रहेको छ । सो अवसरमा ३ नं प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशको खेलकुद विकासमा ललितपुर जिल्लाको महत्वपूर्ण योगदान पु¥याउन सक्ने चर्चा गर्दै यसका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । ‘जिल्लाको खेलकुद विकासको लागि यहाँहरुले लिएर आउने हरेक कार्यक्रम र त्यसको प्रस्तावनालाई प्रदेश सरकारको तर्फबाट यथोचित सहयोग गराउन तपाईहरुसंगै संगै जान म तयार छु ।’ उपसभामुख तामाङले भन्नुभयो । ब्याटमिन्टन खेलले एउटा परम्पराको रुप लिएको चर्चा गर्दै यसलाई राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रतियोगिताका संयोजक एवं समितिका महासचिव वीरेन्द्रलाल श्रेष्ठले खेलले विशेषतः ललितपुर ९पाटन० का युवावर्ग र किशोरकिशोरीहरुलाई ब्याडमिन्टन खेलतर्फ आकर्षण बढाउँदै कुलतमा लाग्ने सम्भावनालाई न्यूनीकरण गरेको धारणा राख्नुभयो । युवावर्गलाई खेलप्रति रुचि जगाउने, रुचि भएका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्राष्ट्रिय खेलाडीको स्तरसम्म विकसित हुन प्रोत्साहित गरेको पनि संयोजक श्रेष्ठको भनाई रहेको छ । यस प्रतियोगिताका लागि ललितपुर महानगरपालिका – १६ ले दुई लाख र १२ वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । कलाको नगरी परिचित यस ललितपुरलाई किराँतकालदेखि नै ‘यल’ शहरको नामले चिनिन्छ । यसै यलको नाउँबाट स्थापित यल कप ब्याडमिन्टन प्रतियोगिता विगत १० वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । आगामी वर्षको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी दौबहाल टोल सुधार समितिले लिएको छ ।यल कप बाएडमिन्टनमा नागबहालको अग्रता कायम ललितपुर जिल्ला को मंगल टोल सुधार समितिको आयोजनामा मंगलबजार स्थित आदर्श कन्या निकेतन स्कुलको परिसरमा कार्तिक २ देखि ९ गते सम्म सो प्रतियोगिता भएको यस वर्षको ११ औं यल कप ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा शिल्ड प्रदान गरियो छ । सो प्रतियोगिताको अन्तिम दिन गत शनिबार प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले विजयीहरुलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभयो । २ वटा कोर्टमा चार इभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको सो प्रतियोगितामा १५ वर्षमुनिका किशोरहरुको ‘युथ’ १५ सिंगल खेलमा नागबहाल टोलका खेलाडीहरु विजयी भएका छन् । प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा यो वर्ष नागबहालको अग्रता कायम रह्यो । यु १५ सिंगलमा नागबहालकै खेलाडीहरु सहज शाक्य प्रथम, श्रवण शाक्य द्वितीय, सुजल शाक्य र पुजन शाक्य तृतीय हुनुभएको छ । पुरुष मेन्स डबल्समा नागबहालका सनिल शाक्य र सुमन शाक्य प्रथम, नागबहालकै सुमित शाक्य र ससिन डंगोल द्वितीय हुनुभएको छ । त्यसैगरी तृतीय हुनेहरुमा नागबहालकै विपिन शाक्य र सुसन शाक्य र दथुंलंका राजु बज्राचार्य र सुमित डंगोल तृतीय रहनुभएको छ । भेट्रान्स मेन्स डबल्समा मंगल टोलका वीरेन्द्रलाल श्रेष्ठ र किशोर ब्यञ्जकार प्रथम, नागबहालका सुदिम शाक्य र प्रवीण शाक्य द्वितीय, तृतीय हुनेहरुमा प्रयागपोखरीका सुरेश बाराही र पूर्ण चित्रकार, नागबहालका सुमन शाक्य र सुनिल शाक्य रहनुभएको छ । त्यसैगरी मिक्स डबलमा प्रथम हुनुहुनेमा नागबहालका सुमन शाक्य र रश्मि शाक्य रहनुभएको छ । त्यस्तै द्वितीय हुनुहुनेमा नागबहालका सनिल शाक्य र लसता शाक्य, तृतीय हुनुहुनेमा नागबहालकै ससिन डंगोल र रुचि बज्रचार्य र दथुंलका राजु बज्राचार्य र यास्ना डंगोल रहनुभएको छ । प्रतियोगितामा सम्पूर्ण खेलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारको व्यवस्था गरिएको थियो । १५ वर्ष मुनिका केटाहरुको सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार रुपैयाँ, दोस्रो हुने ४ हजार रुपैयाँ र तेस्रो हुने २ हजार रुपैयाँ, मिक्स डबलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ, मेन्स डबलमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र भेट्रान्स युगलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिएको छ । पुुरस्कारको कूल नगद राशि २ लाख १५ हजार रुपैयाँ रहेको छ । सो अवसरमा ३ नं प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशको खेलकुद विकासमा ललितपुर जिल्लाको महत्वपूर्ण योगदान पु¥याउन सक्ने चर्चा गर्दै यसका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । ‘जिल्लाको खेलकुद विकासको लागि यहाँहरुले लिएर आउने हरेक कार्यक्रम र त्यसको प्रस्तावनालाई प्रदेश सरकारको तर्फबाट यथोचित सहयोग गराउन तपाईहरुसंगै संगै जान म तयार छु ।’ उपसभामुख तामाङले भन्नुभयो । ब्याटमिन्टन खेलले एउटा परम्पराको रुप लिएको चर्चा गर्दै यसलाई राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रतियोगिताका संयोजक एवं समितिका महासचिव वीरेन्द्रलाल श्रेष्ठले खेलले विशेषतः ललितपुर ९पाटन० का युवावर्ग र किशोरकिशोरीहरुलाई ब्याडमिन्टन खेलतर्फ आकर्षण बढाउँदै कुलतमा लाग्ने सम्भावनालाई न्यूनीकरण गरेको धारणा राख्नुभयो । युवावर्गलाई खेलप्रति रुचि जगाउने, रुचि भएका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्राष्ट्रिय खेलाडीको स्तरसम्म विकसित हुन प्रोत्साहित गरेको पनि संयोजक श्रेष्ठको भनाई रहेको छ । यस प्रतियोगिताका लागि ललितपुर महानगरपालिका – १६ ले दुई लाख र १२ वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । कलाको नगरी परिचित यस ललितपुरलाई किराँतकालदेखि नै ‘यल’ शहरको नामले चिनिन्छ । यसै यलको नाउँबाट स्थापित यल कप ब्याडमिन्टन प्रतियोगिता विगत १० वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । आगामी वर्षको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी दौबहाल टोल सुधार समितिले लिएको छ ।
Categorized in खेलकुद