STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्यानमारमा गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १७, सोमबार

म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ ।

३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ ।

यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य ’कू’ को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो ।

यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ’कू’ भएपछि विश्वभर यसको आलोचना भइरहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय