STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

म्यानमारकी राज्य सल्लाहकार आङ सा सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लाग्नु भएको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लाग्नु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१६ मा सत्तामा आउनुभएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र बडामहारानी नरोेदम मोनीनेआथ सिहानुकसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सुकीले कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष सम्देच हेङ समरिन र सिनेटका अध्यक्ष साम्देच से छमसँग भेटवार्ता गर्नुहुनेछ । नेतृ सुकीको भ्रमणले दुई देशबीचको सम्बन्धका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रसँगको मित्रता अझ सुदृढ बनाउन सहयोग गर्ने कम्बोडियाको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । म्यानमार र कम्बोडियाबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय