STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मोदीविरुद्ध बंगलादेशमा जारी आन्दाेलनमा मृत्यु हुनेकाे संख्या १३ पुग्यो

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १६, सोमबार

बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ । मोदी गत शुक्रबार ५०औं स्वतन्त्रता दिवसको अवसरमा बंगलादेश भ्रमणमा गएका थिए ।

उनको भ्रमणपछि बंगलादेशमा आन्दोलन चर्किएको हो । उक्त आन्दोलनको क्रममा बंगलादेशमा शुक्रबार पाँच जनाको मृत्यु भएको थियो भने शनिबार पनि ६ जनाको मृत्यु भएको थियो ।

प्रहरीले भने आन्दोलनकारीले सडक अवरुद्ध गराउँदै प्रहरीमाथि आक्रमण गरेकाले आफ्नो सुरक्षाको लागि गोली चलाउँदा प्रदर्शनकारीहरुको मृत्यु भएको बताएको छ ।

प्रहरीका अनुसार मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा करिब तीन हजार प्रदर्शनकारी सहभागी थिए । उनीहरुले मोदीविरुद्ध नारा लागाउँदै प्रहरीले चलाएको गोली लागी मृत्यु भएको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

बंगलादेशका गृहमन्त्री असादुज्जामन खानले उनले यो आन्दोलन नरोकिए थप कदम चालिने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय