relans
ni new 83
nib 2082 5

मेसीले छाडे बार्सिलोना, पीएसजी जाने सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २३, शनिबार

अर्जेन्टिनी फर्वार्ड लियोनल मेसीले बार्सिलोना छाडेसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्।

स्पेनिस खेलकुद पत्रिका मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ।

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो ।

बार्सिलाेनाले विज्ञप्ति जारी गर्दै भनेकाे छ ‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन ।’

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन् । क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल–थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेसीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्। अल–थानीले ट्विटरमा लेखेका छन्, ‘आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेसीको घोषणा हुनेछ।’

च्याम्पियन्स लिग ट्रफिको प्रतिक्षामा रहेको पीएसजीमा अब सर्जियो रामोस र मेसीले आठौं ट्रफी पार्सदेश प्रिन्सेस ड्रेसिङ रुममा ल्याउने अपेक्षा गरिएको मार्काले उल्लेख गरेको छ।

विश्व चर्चित खेलाडीहरु क्लबमा भित्र्याएपनि पीएसजीले अहिलेसम्म च्याम्पिएन्स लिगको उपाधी उचाल्न सकेको छैन।

Categorized in खेलकुद
ppp 2