relans
ni new 83
nib 2082 5

मुख्यमन्त्री राईविरूद्ध अविश्वास ल्याएका तीन सांसद पछि हट्ने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ५, सोमबार

काठमाडाैं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-नेपाल समूहका तीनजना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन् ।

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्।

‘घोषणा गरिसकेका छैनौं’, गजमेरले भनिन्, ‘तर, हामी त्यो निर्णयमा पुगेका छौं।’ नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।

Categorized in राजनीति
ppp 2