STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन विराटनगरमा सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १०, शनिबार

१० पुस, विराटनगर - मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन आज विराटनगरमा सम्पन्न भएको छ ।

नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकको पहिलो अडिसन आज झी पुचः विराटनगरको भवनमा आयोजना भएको थियो । आजको अडिसनमा १६ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

धरान, विराटनगर, इटहरीलगायतका स्थानबाट प्रतियोगी अडिसनका लागि आएका थिए । कार्यक्रममा झी पुचः विराटनगरका प्रतिनिधिसहितका जजहरुले प्रतियोगीहरुको जज गरेका थिए । अब दोस्रो अडिसन विराटनगरको छहारी होटेलमा पौष १७ गते र त्यसपछि धरान लगायत ठाँउमा पनि हुने मिस नेवाः आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने आउँदो माघ ८ गते विराटनगरस्थित नमस्कार होटलमा गरिने ताम्राकारले बताए । यस वर्षको मिस नेवाःको विजेताले क्वेटाको स्कुटीसहित ज्योतीलाईफ इन्स्योरेन्सबाट १५ लाखको बिमाको सुविधा पाउने ताम्राकारले जानकारी दिएका छन् ।

त्यसैगरी उपविजेताहरुले ताजसहित क्रमशः ७ लाख र पाँच लाखको बिमा पाउनेछन् । मिस नेवाःको यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणले गरेर प्रतियोगिता स्थगित भएको थियो । मिस नेवाःमा नेवार समुदायका १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।

Categorized in साहित्य-कला