माधवकुमार नेपालको ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ६, शनिबार
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका दुईजना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ । कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।
Categorized in राजनीति