STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माघी मनाउने भीड टुँडिखेलमा अनियन्त्रित हुँदा आठजना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार

काठमाडौं- काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेको भीड अनियन्त्रित भएको हो ।

त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

सोमबार टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

Categorized in उपत्यका