STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

'माखायात ग्वंगः माः’ को दसलाख भ्यूजको उत्सव मनाइयो

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १२, सोमबार

रोजगारीको क्रममा हंगकंग मा रहँदै अाउनु भएका  गायक तथा संगीतकार कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को युट्युबमा १० लाख भ्यूज पुगेको उत्सव मनाइएको छ । उक्त युगल गीतको १० लाख भ्यूजको उत्सव हरिसिद्वि ललितपुरमा एक कार्यक्रम गरी मनाइएको हो ।

म्यूजिक भिडियोका कलाकार, प्राविधिकहरुको उपस्थितीमा केक काट्दै १० लाख भ्यूजको खुसियाली मनाइएको थियो ।

कार्यक्रममा गीतका संगीत संयोजक हरिशरण सायमिले दुई हप्तामै १० लाख भ्यूज पुगेकोमा सम्पूर्ण दर्शकहरुलाई कृतज्ञता व्यक्त गरे ।

वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, पत्रकारद्वय दर्शनबीर शाक्य, बिराजकाजी राजोपाध्यायले पछिल्लो समय नेपालभाषाका गीतहरु सामाजिक संजालमा लोकप्रिय हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।

कलाकार एवम् संचारकर्मीद्वय रामकृष्ण खड्गी र स्वतन्त्र संसार महर्जनले गीत र म्यूजिक भिडियो टीमलाई बधाई दिँदै गीत समेत गाएर प्रस्तुत गरेका थिए ।

Categorized in साहित्य-कला