STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु : नाम फेर्नेदेखि कारबाहीसम्मकाे एजेन्डा

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १, आइतबार

काठमाडाैं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्नेदेखि ओली पक्षमा लागेका नेताहरूलाई कारबाही गर्नेसम्मका एजेन्डामा छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सांगठनिक विषयमा छलफल हुने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए ।

२६ फागुनमा बसेको स्थायी समिति बैठकले १ चैतलाई केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले २ चैतमा कार्यकर्ता प्रशिक्षण भेला आयोजना गर्ने निर्णय गरे पनि उक्त भेला भने रद्द गरिएको छ ।

यसअघि बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको संगठन निर्माणको योजनालाई ठोस रूप दिने गरी प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

आजको बैठकमा उक्त कार्यदलले रिपोर्टिङ गर्ने पनि बताइएको छ ।

Categorized in राजनीति