STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादीले हटाएका सबैलाई ओलीले उम्मेदवार बनाउने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १०, शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रले कारबाही गरी सांसदबाट हटाएका नेताहरूलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा उनले पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका नेताहरूलाई ३५ दिनदेखि ६ महिनाभित्र चुनाव जिताएर ल्याउने बताएका हुन् ।

६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा थापा एमालेको उम्मेदवार हुने उल्लेख गर्दै ओलीले भने, ‘आउने उपनिर्वाचनमा हाम्रालाई कारबाही गरिएका हकमा उहाँहरू नै उम्मेदवार हो । हामीले कारबाही गरेको ठाउँमा प्रदेश कमिटीको इञ्चार्ज सह-इञ्चार्ज, अध्यक्ष, सचिव भएर होमवोर्क गर्नुस् । जनता पुन: एमालेको पक्षमा छन् भन्ने सन्देश दिनुछ ।’

एमालेबाट निष्काशन गरिएका सांसद भने पुनः दोहोरिएर नजित्ने उनले दाबी गरे । केन्द्रीय कमिटी बैठकमा ओलीले पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका नेताहरूको प्रशंसा गरेका थिए ।

Categorized in राजनीति