relans
ni new 83
nib 2082 5

माओवादीको स्थायी कमिटी बैठक सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ६, बुधबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको  छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा सरकारमा पठाउने  मन्त्रीको टुंगो लगाइने जनाइएको छ।

सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्। 

सोही विषयमा मंगलबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवा भेट्नुअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए।

Categorized in राजनीति
ppp 2