STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाए

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १०, बुधबार

काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका   ५१ वटा विज्ञापन बोर्ड हटाएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्द्दनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरपालिकाले ती विज्ञापन बोर्ड हटाएको हो । 

माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ मा माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट तत्कालिन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गर्नुभएको थियो ।  

सम्झौता बमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरबदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ भनि उल्लेख गरिएको थियो ।  ५ बर्षकालागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।

माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो ।  तर, दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।  

सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको महानपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।  

नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि ठाउँ लिएर बिज्ञापन गर्ने तर आवश्यकता अनुसारको काम नगर्ने प्रवृत्ति हावी भएको भन्दै महानगरको मापदण्ड विपरीत राखिएका ती बोर्ड हटाएको जानकारी दिनुभयो ।  

नगरप्रहरी प्रमुख सापकोटाले काठमाडौँ महानगरपालिकासँग सम्झौतामा उल्लेख भएर अनुसार कार्य नगर्ने तर विभिन्न व्यापारिक प्रतिष्ठानले आफ्ना वस्तुहरूको प्रचार मात्रै गर्ने उद्देश्यले बिजुलीका पोल र आइल्याण्डमा राखेका साइनबोर्ड हटाई दिएका हौँ  भनि भनेका छन् ।

Categorized in उपत्यका