STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बन्न सफल भयो ।
 
समूह ए मा रहेको वालिङले दुई खेलमा जित र एक बराबरीसहित सात अङ्क जोडेको छ भने सोही समूहमा रहेको बाँसगढीको ५ अङ्क । अखिल नेपाल फुटबल सङ्घ एन्फा को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् । लिग कम नकआउटका आधारमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।  त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार, सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउनेछन् । 
Categorized in खेलकुद