STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महाशिवरात्रिमा 'शंकास्पद गतिविधि' गर्ने ८० जना प्रहरी नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १५, बिहिबार

काठमाडौं - प्रहरीले शिवरात्रिमा शंकास्पद गतिविधि गरेको आरोपमा ८० जनालाई पशुपतिनाथ क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

निगरानीका क्रममा अवाञ्छनीय गतिविधि गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘‘अभद्र व्यवहार गर्ने, विगतमा राम्रो काम नगरेका ८० जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ,’’ एसपी बोहोराले भने । 

प्रहरीले मंगलबारदेखि नै शंकास्पद व्यक्तिहरूको निगरानी गरिरहेको थियो । प्रहरीले घटनाको प्रकृति हेरेर अनुसन्धान थालेको छ ।

Categorized in खेलकुद