STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

 

काठमाडौं - चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीले) पक्राउ गरि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । प्रहरीले भने उनलाई १० दिन हिरासतमा राख्न माग गरेको थियो तर अदालतले ५ दिनको अनुमति दिएको छ ।

यस प्रकरणमा महरा र उनका छोरा राहुलले सुन तस्करसँग २५६ पटक संवाद गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । तर, महरा र उनका छोरालाई पक्राउ गरिएको थिएन ।

Categorized in अपराध-दुर्घटना