STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक : रवि लामिछाने

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरूले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् ।

सहकारी ठगीमा नाम मुछिएपछि प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले  नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे ।

उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्‍यो । त्यही विषयलाई लिएर सञ्चारमाध्यमहरूले आतंक मच्चाए । यसका कानुनी पाटो होला कसले गर्‍यो, किन गर्‍यो, के कारणले गर्‍यो ? अनुसन्धान होला नि ।’

ग्यालेक्सी टेलिभिजनमा आफू कुनै लेनादेना नभएको मान्छे भएको भन्दै लामिछानेले आफूलाई आरोप लगाउनुभन्दा सहकारी पीडित लक्षित समाचार लेखिएका भए आधा समस्या समाधान भइसक्ने बताए ।

‘यति खोजी र मेहेनत सुन काण्डमा गर्दिएको भए सुन काण्डका सबै जेल जान्थे । म सञ्चार जगत बाटै आएको मान्छे भएकाले मैले यति ठूलो सञ्चार माध्यमलाई रिर्पोटिङ सिकाउने कुरा त आउँदैन । तर, थाहा पाइ पाइ किन नलेख्दिएको होला । कसैले बदमासी गरेको हुन सक्छ भन्दिएको भए कानुनी रुपमा हेर्ला भन्ने हुन्थ्यो । ठाडै सोझै प्रत्यक्ष उनको संलग्नता भनेर कान्तिपुरले लेख्यो हेडलाइन माथि हेडलाइन लेखेको लेख्यै, जसमा सत्य छैन,’ उनले भने, ‘विरोधीहरूलाई दसैँ आएको जस्तो भएको छ । जसलाई विरोधको लागि विरोध गर्नु छ प्रमाणसहित बैंकबाट आएको कागज देखाउँदा पनि पुग्नेवाला छैन । सञ्चारमाध्यमलाई अनुरोध गर्छु म जस्तो नेता आउँछन् जान्छन्, सञ्चारमाध्यमको विश्वसनीयता गयो भने लोकतन्त्र खतरामा पर्छ । मेरो रिसले या अन्य नेताको रिसले सञ्चारमाध्यमको विश्वसनीयतामा सिंगो पुस्तालाई प्रश्न आउने वातावरण बन्द गरौँ ।’

गलत हेडलाइन सच्याउन सञ्चारमाध्यम तयार हो त ? भन्दै प्रश्न गरेका उनले बेथितिविरुद्ध लड्न सधैँ समन्वय र सहकार्य गर्ने बताए ।

Categorized in राजनीति