
ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’को भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक १३, मंगलबार

गीतसंगीतको संसारमा उदियमान गायिका ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । युगल गीतको रुपमा रहेको यो गीतमा ममतालाई टेक बिसीले स्वरमा साथ दिएको छ ।
भीम बि सीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा ।
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफि रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानले अभिनय गरेको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले गीतले सफलता प्राप्त गर्ने अाशा व्यक्त गरे । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए ।
गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिएकी ममता सानैदेखि गीत संगीतमा रुची राख्थिन् भने उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकि छिन् । ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भन्छिन् ।
https://www.youtube.com/watch?v=iFejXzrmFmc
Categorized in साहित्य-कला