STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ममता खत्रीको तीज गीत ‘म जान्छु माईत’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र ६, बिहिबार

सांगितिक क्षेन्रका उदियमान प्रतिभा ममता खत्रीको संगीत तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत हालै सार्वजनिक गरिएको छ । गीतमा जीवन परियार र तुलसा सुनुवारको स्वर रहेको छ ।

हेमराज डाँगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा अम्बिका राई (अन्जु), सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ ।

स्मारिका राईको नृत्य निर्देशन रहेको यस भिडियोको निर्माण, निर्देशन तथा छायांकन केशव अधिकारी खत्रीले गरेका हुन् । भिडियोमा राजन महर्जनको कोरियोग्राफी रहेको छ । यस भिडियोलाई तृष्णा फिल्स नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस भिडियोलाई विशाल फिल्ममा हुम गैरेले सम्पादन गरेका हुन् ।

https://youtu.be/Da4BXOPBawI?si=noaeiYk5P3Tc04VY

Categorized in साहित्य-कला