STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मन्त्री श्रेष्ठसँग विवादमा परेका सुरक्षा गार्ड थुनामुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २१, मंगलबार

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । गृहमन्त्री बालकृष्ण खाणकाे निर्देशनपछि सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हाे । गृहमन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुराएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई  प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो । 

Categorized in अपराध-दुर्घटना