STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मन्त्री रामवीर मानन्धरले राखे विश्व कीर्तिमान

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ११, शनिबार

काठमाडौं - देशको राजनीति उथलपुथल भएको छ । हरेक प्रहर राजनीतिक घटनाक्रम बदलिरहेका छन । देश भित्रको अस्थिर राजनीतिक गतिविधिका बीच आलोचनाको केन्द्र बनिरहेको छ सरकार । तर यो समयमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने विश्व रेकर्ड बनाउन सफल भएका छन ।

उनले एकल गायनमा विश्व रेकर्ड बनाएका हुन । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । 

राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही नेपालभाषाका गीतहरूलगायत केही राष्ट्रिय गीत र आधुनिक गीतहरु गाएका थिए । नारायण गोपाल, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, भक्तराज आचार्य, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । 

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

Categorized in व्यक्तित्व