STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मन्त्रिपरिषद् विस्तारको टुङ्गो आजै लाग्ने

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २, सोमबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन्।

भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग बताए।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रधानमन्त्री दाहालले भने, “सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ ।”

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।” सभामुखको निर्वाचनकाबारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उनले गरे।

आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरे ।

Categorized in राजनीति