STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मनिषा कोइरालाकाे ट्विटलाई लिएर खनिए भारतीय

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

एजेन्सी - नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीमाथि भारतीयहरुले आक्रोश पोखिरहेका छन् । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाकाे ट्विटलाई लिएर अहिले भारतीय मिडियाहरु पनि खनिएका छन् ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रिट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ । ‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ । अभिनेत्री कोइरालामाथि ट्वविटरमा पनि भारतीय नागरिकहरु जाइलागेका छन् ।
Categorized in सिनेमा