relans
ni new 83
nib 2082 5

मनकामना केबुलकार सेवा चैत ३० सम्म बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव नबढोस् भन्ने हेतुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्ने क्रममा मनकामना दर्शन प्रा.लि. आफ्नो केबुलकार सेवा चैत ३० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने पूर्वनियन्त्रण कार्यमा सहयोग पुर्याउन केबुलकार सेवा स्थगित गरिएको जानकारी कम्पनीले दिएको छ । गोर्खास्थित मनकामना मन्दिर जान सहज साधनको रुपमा केबुलकार रहँदै आएको छ ।
Categorized in राष्ट्रिय
ppp 2