STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २१, सोमबार

काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सुनुवाइ अन्तिम चरणमा पुगेको र अबको केही दिनमा फैसला आउने छ ।

Categorized in राष्ट्रिय