STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

Janjati Khabar | २०८१ जेठ २५, शुक्रबार

धनुषा, २५ जेठ स् मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ ।

सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ ९क० बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य हुनुभएको थियो ।

Categorized in राजनीति