STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न काङ्ग्रेस नेताको आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले मतपत्रको रङको विषयलाई लिएर रोइकराइ नगर्न आग्रह गरेका छन् । रङले मात्र चुनाव नजितिने पनि उनले स्पष्ट पारेका छन् ।

उनले बिहीबार ट्विट गर्दै मतपत्रको रङको विषयलाई लिएर अहिले भ्रम सिर्जना गर्न खोजिएको आरोप पनि लगाएका छन् ।

‘रङले चुनाव जितिने होइन,’ उनले ट्विटमा भनेका छन्, ‘आफूले गरेका कर्मका आधारमा जनताले मत दिएर चुनाव जित्ने हो ।’ उनले कुनै दल वा व्यक्तिको नाम नलिए पनि एमाले अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै विगत फर्केर हेर्न आग्रह गरेका छन् ।

‘बहुमतको सरकारले विगतमा जनताका लागि के कति काम गर्‍यो ? फर्केर हेर्नुहोस्,’ उनले भनेका छन्, ‘हिजो गरेका कर्मका आधारमा आज र आजका कर्मका आधारमा भोलि निर्माण हुन्छ ।’

निर्वाचन आयोगले यसपटकको चुनावमा हरियो रङको मतपत्र छाप्ने निर्णय सार्वजनिक गरेपछि त्यसप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका एमाले अध्यक्ष ओलीप्रति काङ्ग्रेस नेताहरूले कटाक्ष गर्न थालेका छन् ।

हिजो काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि मतपत्रको रङको विषयलाई लिएर बखेडा नझिक्न ओलीलाई आग्रह गरेका थिए ।  

Categorized in राजनीति