STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भोलिदेखि सरकारी कार्यालय ५ बजेसम्म नै खुल्ने

Janjati Khabar – Janjati Khabar | २०८० माघ १५, सोमबार

काठमाडौं - भोलि मंगलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ५ बजे बन्द हुने छ ।

१६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार भोलिदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।

Categorized in राष्ट्रिय