STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भूकम्प प्रभावित जाजरकोट र रुकुममा ५-५ करोड पठाउने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १८, शनिबार

काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको बैठकले भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप तत्काल ५-५ करोड पठाउने निर्णय भएको बताए।

उनले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

त्यस्तै स्वास्थ्यका निम्ति चिकित्सकहरूसहित स्वास्थ्य सामग्री र औषधिसमेत प्रभावित क्षेत्रमा पठाइएको बताए। आवश्यक मेडिलकल सामग्री स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णयसमेत भएको उनले बताए।

त्यस्तै घाइतेको उद्धार गरी सुर्खेत र नेपालगन्जलाई बेस बनाएर उपचार प्रक्रिया अगाडि बढाइएको उनले बताए। उनले सुर्खेत र बाँकेमा आवश्यक जनशक्ति र व्यवस्थापनका आधारहरू निर्माण भएको बताए। 

Categorized in राजनीति