STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भूकम्प प्रभावितका लागि घर बनाउने टोली पठाउने कांग्रेसको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ४, सोमबार

काठमाडौं - नेपाली कांग्रेसले भूकम्पबाट प्रभावितहरूका लागि घर बनाउन जाजरकोट र रुकुम पश्चिममा दक्ष जनशक्तिसहितको टोली पठाउने निर्णय गरेको छ । 

सोमबार बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले भूकम्प प्रभावितका लागि घर बनाइदिन इन्जिनियर र डकर्मीसहितको टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा कांग्रेसले खटाएको टोलीले एक हजार घर निमार्ण गर्नेछ ।प्रचार विभाग प्रमुख विश्वकर्माले २५ वटा स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिम जाने बताए । उनका अनुसार प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् । यस्तै, एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाइने उनले बताए ।

सरकारले भूकम्प प्रभावितहरूलाई अस्थायी टहरा बनाउन अनुदान रकम दिएको छ । तर, अनुदान रकम दिए पनि टहरा बनाउन जनशक्तिको अभाव हुन सक्ने भएकाले कांग्रेसले टोली पठाउने निर्णय गरेको महामन्त्री गगन थापाले बताए । 

Categorized in राजनीति