STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारत–अफ्रिका टेस्टः मयन्क र शर्माको शतक

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेटमा भारतीय प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले शतक प्रहार गरेका छन् । बुधबार शुरु भएको तर वर्षाले प्रभावित यस टेस्टमा अफ्रिकी बलरमाथि दुबै प्रारम्भिक ब्याट्सम्यान हाबी भएका छन् । वर्षाका कारण बुधबार तेस्रो सत्र खेल हुन सकेको थिएन । बुधबारको खेलमा भारतले बिना क्षति २०२ रन बनाएको थियो । पाँचौं टेस्ट खेल्दै गरेका मयन्क अग्रवालको यो व्यक्तिगत पहिले शतक हो । बुधबार नै अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले पनि शतक प्रहार गरेका थिए । शर्मा व्यक्तिगत १७६ रन बनाएर केशव महाराजको बलमा आउट भएका छन् । मयन्क भने १४५ रन बनाएर खेलिरहेका छन् । भारतले ९४ ओभरमा २ विकेट गुमाएर ३४० रन बनाएको छ ।
Categorized in खेलकुद