STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै, यस्तो छ उच्चस्तरीय भेटघाटको तालिका

Janjati Khabar – Janjati Khabar | २०८० पौष १८, बुधबार

भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुग्ने भएका छन्।  विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्। 

विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।उनलाई त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने छिन्। 

जयशंकरले बिहीबारदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले बिहीबार सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्। त्यसपछि बिहीबार मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने भएका छन्।

बिहीबार दिउँसो सातौँ होटल याक एन्ड यतीमा 'ज्वाइन्ट कमिसन मिटिङ'  तय गरिएको छ। जहाँ दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुनेछ। उक्त बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले नेतृत्व गर्नेछन्। 

बिहीबार दिउँसो २ बजे समकक्षी जयशंकरका लागि परराष्ट्रमन्त्री साउदले डिनर कार्यक्रम राखेका छन्। विदेशमन्त्री जयशंकरले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यतालिका छन्।

विदेशमन्त्री जयशंकर शुक्रबार मध्यान्ह भारतीय राजधानी नयाँदिल्ली फर्किने कार्यतालिका रहेको छ। 

Categorized in राजनीति