STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १६, मंगलबार

भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । “बसले ५० जना यात्रु बोकेको थियो, जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको,” एक वरिष्ठ प्रहरी अधिकृतले बताए । उनले थपे, “चालकले अर्को सवारी साधनसँग ठक्कर खानबाट बचाउन गाडीलाई अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस बारमा ठोक्किन पुगेको हो ।” महिला र बालबालिका समेत गरी ३६ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु छ जना पौडिएर बाहिर निस्केका प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
Categorized in अपराध-दुर्घटना