STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमा फेरी बढ्दो कोरोना सङ्क्रमण दर

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र ५, बिहिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ ।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिए ।

१ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रमितमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उनले तत्काल निर्णायक कदम चाल्न भनेका हुन् ।

यो पटक केही साना सहरहरुमा समेत आरडीटी पीसीआर परीक्षण बढाउनुपर्ने भन्दै उनले सबै राज्यमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिन आग्रह गरेका छन् । भारतका विभिन्न सहरमा पछिल्लो समय अस्वाभाविक रुपमा कोरोना सङ्क्रमण बढिरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड १४ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय