STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतको एउटा नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८२ मङ्सिर २१, आइतबार

गोवा - भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्।

शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो। आगो भुइँ तल्लाको भान्सा क्षेत्रमाबाट सुरु भएको र भान्सा वरपरबाट शव संकलन गरेको उनले बताएका छन्।

Categorized in अन्तर्राष्ट्रिय