relans
ni new 83
nib 2082 5

भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ कन्सर्ट हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २२, मंगलबार

भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ सांगितिक कन्सर्टको एन अटिजम केयर फाउण्डेशनले आयोजना गर्ने भएको छ। 

कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहने बताइएको छ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको कुरा एन अटिजम केयर फाउण्डेसनका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यले जानकारी गराएका छन् ।

फाउण्डेशनले अटिजम प्रभावित बालबालिकाका हकहितमा काम गर्दै आएको छ। संस्थाकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार, संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले यो कन्सर्ट आयोजना गरिएको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाका लागि विशेष कार्यक्रम सरकारको नीति तथा बजेटमार्फत अघि बढाइने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा आरम्भ बाल केन्द्रका फाउण्डर डा. अच्युत भण्डारीले विशेष विद्यालय र अस्पतालको आवश्यकता औंल्याए। संस्थाका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यले कन्सर्टले अटिजमसम्बन्धी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, पीडित बालबालिकाको समयमै निदान तथा उपचारमा टेवा पुग्ने र उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा सक्षम बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

Categorized in साहित्य-कला
ppp 2