STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भर्चुअल रुपमा चलचित्र पत्रकारिता दिवस सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ७, शुक्रबार

चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा   १९ सौं चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल रहनु भएको थियो । बिशेस अतिथी हरुमा संघका संस्थापक अध्यक्ष भरत शाक्य , पूर्व अध्यक्षहरु बिदुर गिरि र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा र   सल्लाहकार समितिका सदस्यहरु विजयरत्न तुलाधर ,डब्बु क्षेत्री र लक्ष्मण सुबेदी लगायत  सिनेमा क्षेत्रसँग आवद्ध संघसंस्थाका अध्यक्ष र संघका सम्पुर्ण शाखाका अध्यक्ष अतिथिको रुपमा रहेका थिए ।

भर्चुअल कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी , नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की , आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार , निर्देशक समाजका महासचिव जनकदिप पराजुली , समीक्षक समाजका अध्यक्ष दिपेन्द्र लामा लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

भर्चुअल बार्षिक उत्सव समारोहमा संघका संस्थापक अध्यक्ष भरत शाक्यले महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबुत बनाउँदै सिनेमा पत्रकारिताको नयाँ गन्तव्य खोज्नु पर्ने बताए । यता संघका पूर्व अध्यक्ष विदुर गिरीले जेष्ठ ७ गते चलचित्र पत्रकारका लागि दशैं र तिहार जस्तै ठुलो पर्व रहेको भन्दै हालको पदाधिकारीले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानलाई छिटै वितरण गर्न सुझाव दिए ।

संघका महासचिब समिर बलामीले सञ्चालन गरेका कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्र पत्रकारले जोड दिनु पर्ने बताएका थिए । संघका अध्यक्ष सिटौलाले सिनेमा क्षेत्रलाई चलायमान बनाउन सम्पुर्ण संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

यस्तै विगतका वर्षमा चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आएको भएतापनि गतवर्ष र यसवर्ष कोरोना महामारीका कारण आयोजना गर्न नसकिएको भन्दै अवस्था सामान्य भएपछि हाललाई रोकियको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने कुरा महासचिव समीर बलामि ले प्रकाश पारे । शुभकामना को अौपचारिक कार्यक्रम पछी संघका सदस्यहरुका बीच अन्तरक्रिया पनि भएको थियो भने यसमा विभिन्न विषयमा छलफल भएको थियो ।

Categorized in सिनेमा