STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भयावह अवस्था आउने होटल संघको चेतावनी

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार

काठमाडौं – छ महिनासम्म होटल बन्द गर्ने र १२.५ प्रतिशत तलब दिने निर्णयप्रति सरकारले असहमति जनाएपछि होटल संघ नेपाल (हान)ले भयावह अवस्था आउने चेतावनी दिएको छ । हानले त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय पनि गरेको थियो । हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहे पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ । होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी छलफलमा दिइएको थियो । सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको थियो । लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो । अर्को बैठक बैशाख २९ गते बस्ने गरी सो बैठक टुंग्याइएको थियो ।
Categorized in बिजनेस