STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भदौ २३ अघि मन्त्रिपरिषद् विस्तार हुँदैन : माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौँ - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रीपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए ।

बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२÷२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए ।

सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रीपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए । उनले भने, ‘मन्त्रीपरिषद विस्तारका विषयमा २२÷२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

Categorized in राजनीति