STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तराज रञ्जितको आत्मवृत्तान्त प्रकाशित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

काठमाडौं– साहित्यकार भक्तराज रञ्जितको आत्मवृत्तान्त पुस्तक ‘उक्लिएको मान्छे’ सार्वज्निक भएको छ । वरिष्ठ पत्रकारद्वय भैरव रिसाल, टंक पन्त, समाजसेवी रामकृष्ण आचार्य, घोष्ट राइटिङका डाइरेक्टर सिर्जना ढकाल, पत्रकार कुमार रञ्जित, अमिरमैयाँ रञ्जित, दिपक रञ्जित, भीमकुमारी रञ्जित र कृतिकार भक्तराज रञ्जित स्वयंले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । गोरखापत्र संस्थानलाई लक्ष्मी र सरस्वतीको रुपमा हेर्ने लेखक भक्तराज रञ्जितले गोरखापत्र संस्थानलाई आधुनिकीकरण गर्ने क्रममा संस्थानमा हुने चुहावटलाई चुनौतीपूर्ण ढङ्गमा कज्याए थिए । उक्त कार्यक्रममा उनले आफ्ना यहीे अनुभवको पोको पनि बिसाएका थिए । समाजमा भइरहेको अन्तरजातीय विवाह, अति धनी र अति गरिबीबीचको खाडल, गरिबी निर्मुलका उपाय आदि विविध विषयमा लेखिएको उक्त पुस्तकबारे बोल्दै मुख्य अतिथि रिसालले कुनै पनि कृतिको सतही मूल्यांकन हुन नहुने बताएका थिए । लेखकको आत्मवृत्तान्तको अतिरिक्त उनको सात पुस्तासम्मको पारिवारिक वंशावली समेटिएको यस पुस्तकको समीक्षा कुमार रञ्जित, सरस्वती लक्ष्मी तुलाधर र अमीरमैयाँ रञ्जितले गरेका थिए ।

राजेन्द्र रञ्जितको सहयोगमा

Categorized in उपत्यका