भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २१, शनिबार
काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।


