भक्तपुरमा उठाइयो हात नभएको ल्योसिंद्यो
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १, बिहिबार
काठमाडौं- बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको 'ल्योसिंद्यो' (लिङ्गो) ठडाइएको छ । प्रत्येक वर्षको अन्तिम दिन दिउँंसो ल्योसिंद्यो उठाउने गरिन्छ ।
यो लिगोलाई स्थानीय टोलबासीले उठाउँछन्। डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् ।
प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।
यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।


